नेपाली चलचित्रको धूमिल भविष्य
एउटा लामो काल खण्डसम्म सङ्कटग्रस्त बनेको नेपाली चलचित्र उद्योग एउटा क्रमभङ्गताको प्रतीक्षामा थियो। व्यावसायिक रूपमा सफल चलचित्रको खडेरी चलेका बेलामा केही सीमित चलचित्रबाहेक बाँकीले असफलताकै धरहरामा इँटा थपिरहेका थिए। अब त झन् यो क्रमभङ्गताको प्रतीक्षाको घडी निकै लम्बिने निश्चितप्रायः छ। कोभिड-१९ को विश्वव्यापी प्रभाव र आर्थिक शिथिलताले चलचित्र उद्योगलाई लामो समयसम्म पक्षाघात गराउने छ। विश्वका ठूला चलचित्र उद्योगहरू हलिउड र बलिउड (जसले गत वर्ष क्रमशः ७८६ र १८०० चलचित्र बनाएका थिए), अर्बौँ डलरको घाटा बेहोरिरहेका बेला नेपाली चलचित्र उद्योगले चुनौती र सङ्कटहरूको सामना गर्दै आफूलाई सम्हालेर नयाँ अवसरको निर्माण गर्ने दुस्साहस गर्ला त?
Please click the link below to the complete news
https://deshsanchar.com/2020/05/12/354671/#.X3XvSwTi2Js.link